प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

news-details

नारायण काफ्लेर संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ । बिहीबार साँझ बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीशमा सिफारिस भएका हुन ।

संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि दोस्रोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको यो पहिलो घटना हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मिश्रलाई सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताए । ढकालले भने ‘सबैको सहमतिमा मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । अब सुनुवाइको प्रक्रिया अगाडि बढ्छ ।’

सिफारिस भएका मिश्रको अब संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनेछ । परिषद्ले सुनुवाइका लागि पत्राचार गरेपछि करिब दुई सातामा उनको सुनुवाइ सम्पन्न हुनेछ । सुनुवाइको कार्यविधि र अभ्यास अनुसार कम्तीमा दश दिन प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी भएमा सर्वसाधरण समेतलाई उजुरीको समय दिइनेछ । प्राप्त उजुरीमा उजुरीकर्तासँग समेत छलफलपछि मात्र सुनुवाइ हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *