आजदेखि ट्याक्सी चालकलाई पहेँलो रंगको ‘फ्लोरेसेन्ट ज्याकेट’ अनिवार्य

news-details

काठमाडौं र उपत्यकाका ट्याक्सी ड्राइभरहरूका लागि ट्राफिक प्रहरीले बुधबारबाट अनिवार्य पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले ट्याक्सी चढ्ने यात्रुलाई चालक चिन्न र ट्याक्सी चढ्न सहज होस् भन्ने उद्देश्यले ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गरिएको बताए ।

पहिलो चरणमा उपत्यकाका ट्याक्सी ड्राइभरहरूका लागि लागु गरिएको र विस्तारै सार्वजनिक सवारी चालकहरूलाई समेत अनिवार्य ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिने पन्तले बताए । ज्याकेटले चालकको पहिचान समेत झल्किने पन्तले बताए ।

त्यस्तै ट्याक्सीको छतमा पनि पहेंलो रंग लगाउन सरकारले निर्देशन दिइसकेको छ । प्रदेश ३ ट्याक्सी व्यवसायी संघका अध्यक्ष जगन्नाथ गौतमले ट्राफिक नियममको पालना गर्न तयार भए पनि सरकाले ट्याक्सीको भाडा समायोजन नगरेका कारण व्यवसायी मर्कामा परेको गुनासो गरे । काठमाडौं उपत्यकामा हाल ११ हजार ट्याक्सी रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *