पूर्वराजदूत झा बबरमहलस्थित घरभित्रै मृत अवस्थामा भेटिए, हत्या भएको आशंका

news-details

काठमाडौैं– पूर्व राजदूत केशबराज झा बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको आशंका गरिएको छ ।

घरको कोठामा मृत भेटिएका उनको टाउकोमा छुरा हानिएको जस्तो चोट रहेको प्रहरीले जनाएको छ ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।

फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए ।

घरमा उनी श्रीमतीसँग बस्दै आएका थिए । घरमा काम गर्ने युवक समेत थिए । बेलुका उनी कोठामै एक्लै सुतेका थिए ।

घरबाट सामानहरु पनि केही चोरी भएको खुलेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *