सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ

news-details

सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेसँगै अदालत परिसरबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ परेका छन् ।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अर्को अभियोगमा पुनः पक्राउ गरेको हो ।

प्रहरी परिसरका डिएसपीका अनुसार काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पुनः पक्राउ गरिएको हो । न्यायाधीशद्वय चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो ।

साउन २३ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विश्वकर्मालाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो । प्रहरीका अनुसार विश्वकर्माले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेको र उनको खातामा २ करोड रुपैयाँ देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *