समृद्धिको नयाँ विमान उडाउने तयारीमा छौं : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिरहेको बताएका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेसले कुनै एजेन्डा नपाएर सरकारलाई कमजोर बनाउने षड्यन्त्रमा मात्र लागेको छ ।”

प्रधानमन्त्री ओलीले आफूहरु समृद्धिको नयाँ विमान उडाउने तयारीमा रहेको भन्दै ने क पाबाहेक अन्य दलमा पार्टी परित्याग गर्ने पहिरो जाने दाबी पनि गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *