राष्ट्रियसभा समितिका सभापतिको निर्वाचन भदौ १३ मा हुदै
- साउन ३१, २०७५
- 0
काठमाडौ । राष्ट्रियसभाअन्तर्गत गठन भएका चार विषयगत समितिको निर्वाचन भदौ १३ गते हुने भएको छ ।
भदौ ३ गते निर्धारण गरिएकामा राष्ट्रियसभाको बिहिबार बसेको बैठकले भदौ १३ गते बिहान ११ बजे गर्ने निर्धारण गरेको हो ।
अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए ।
राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।