पूर्वमन्त्री तथा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विकसहित तीन पक्राउ

news-details

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको छ ।

प्रकाण्डलाई दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उनले प्रकाण्डसँगै उनका ड्राइभर र एक कार्यकर्ता पक्राउ परेको जानकारी दिए । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । उनीसँग थप सोधपुछ भइरहेको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

प्रकाण्ड लगायत पक्राउ परेकालाई हाल कांठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरूविरुद्ध परिसरले म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको प्रहरीले जानकारी दिएको छ। प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री तथा २०७४ सालमा संविधानसभा सदस्यमासमेत निर्वाचित भएका थिए ।

पछिल्लो समय प्रहरीले विप्लव लगायतका नेताहरूको खोजी गरिरहेको थियो, जस क्रममा पक्राउ पर्नेमा प्रकाण्ड शिर्ष नेता हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *