काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि उनी आजदेखि १५ दिन बिदामा बस्ने भएका छन् ।

कायममुकायम प्रधानन्यायाधीश जोशी बिदामा बसेसँगै वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि पेशी तोक्नेछन् । उनले रोलक्रमका आधारमा आजदेखि पेशी रोक्न तयारी गरेका हुन् ।

यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले शनिबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका थिए ।