संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। समितिको निर्णयप्रति कांग्रेसकातर्फबाट समिति सदस्यले भने बैठक बहिष्कार गरेका छन् ।
कांग्रेसले दुई तिहाइ बहुमतको आधारमा प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत गर्ने निर्णयको विरोधमा आफूहरुले बैठक बहिष्कार गरेको कांग्रेसकातर्फबाट समिति सदस्य ज्ञानेन्द्र कार्कीले जनाए । १५ सदस्यी समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, संघीय समाजवादी फोरम नेपालका एक राजपाका एक सदस्य छन् ।
कांग्रेस सांसदहरू निस्केपछि बसेको समिति बैठकले जोशीबारे मतदान भएको थियो । सभापति कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले उनको सिफारिश अस्वीकृत भएको बताए । १५ सदस्यीय समितिमा संघीय समाजवादी फोरम र नेकपाका सांसदको दुई तिहाइ पुग्छ ।
नेपालको संसदीय सुनुवाइ समितिको इतिहासमा पहिलो पटक समितिले प्रधानन्यायाधीशमा सिफारिश भएकालाई अस्वीकृत गरेको हो ।








