करिब डेढ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आगामी आइतबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो ।
विभागका निर्देशन तुलसीराम अर्यालका अनुसार उपत्यकासहित देशैभरीका कार्यालयमा आइतबारदेखि नयाँ लाइसेन्सका लागि आवेदन खुलाउने निर्णय भएको छ ।
गत जेठ २३ गतेदेखि विभागले आवेदन बन्द गरेको थियो । लिखित परिक्षा पास भएर ट्रायलमा फेल भएकाहरुलाई पुनः ट्रायल गराउन र राजश्व लगायत हिसाब मिलान गर्नुपर्ने भन्दै नयाँ आवेदन रोकिएको थियो ।
अहिले लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्ने विभागले जनाएको छ । विभागको वेभसाइडमा गएर फर्म भर्नुपर्ने हुन्छ।
उपत्यकामा एकान्तकुनासहित स्वयम्भु, सुकेधारा तथा जगातीस्थित यातायात कार्यालयबाट लाइसेन्सको परिक्षा तथा ट्रायल हुुने गरेको छ ।








