टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बनेपामा तनाव

news-details

टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनापछि स्थानीयले टिप्परमा आगजनी गरी जग्गाजाम गरेका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् ।

टिप्परले ब्याक गरेर मारेको स्थानीयको आरोप छ। दुर्घटनापछि करिब एक घन्टा राजमार्ग अवरुद्ध बनेको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

उपत्यकामा टिप्परका कारण दुर्घटना बढेपछि बेलुका ८ बजे अगाडि चलाउन रोकिएको छ । काभ्रेमा पनि धेरै दुर्घटना टिप्परकै कारण हुने गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *