वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दो, सबैभन्दा बढी मलेसिया गए (सूचिसहित)

news-details

गत वर्ष वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा भारी गिरावट आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा पुन : श्रम स्वीकृतिसहित कूल ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली विदेशिए । जबकी अघिल्लो आर्थिक वर्षमा ६ लाख ४२ हजार ८ सय ५९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा नयाँ श्रम स्वीकृति लिएर ३ लाख ५४ हजार ८२ जना र पुन : श्रम स्वीकृति लिएर २ लाख ५८ हजार ६ सय ३ जना विदेशिएका थिए । जबकी अघिल्लो वर्ष नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ८३ हजार ४ सय ९३ र पुन : श्रम स्वीकृति लिएर २ लाख ५९ हजार ३ सय ६६ जना थियो ।

यसरी विदेशिने नेपालीहरुमा गत वर्ष नयाँ श्रमस्वीकृति लिएर जानेहरुमा सबैभन्दा बढी मलेसिया गएका थिए । पछिल्लो समय गत जेठ ७ गतेबाट मलेसियाको श्रमस्वीकृति बन्द हुदा पनि अघिल्लो वर्ष दोश्रो ठुलो गन्तव्य रहेको मलेसियामा यो पटक सबैभन्दा बढी नेपाली गए । यस अवधिमा मलेसियामा १ लाख ४ हजार २ सय ९ जनाले नयाँ श्रम स्वीकृति लिएर उडेका थिए भने पुन श्रमस्वीकृतिसहित १ लाख ३७ हजार ३ सय ११ जना गए ।

यता नयाँ श्रम स्वीकृति लिएर जानेहरुमा कतार दोश्रो स्थानमा रहेपनि पुन : श्रमस्वीकृतिसहित जानेको संख्यामा भने कतार पहिलो बन्यो । यस अवधिमा कतारमा नयाँ श्रम स्वीकृति लिएर १ लाख ३ हजार १ सय ७९ जना र पुन : श्रमस्वीकृतिसहित १ लाख ८३ हजार ५ सय ४२ जना उडे ।

गत आर्थिक वर्ष तेश्रो ठुलो गन्तव्य यूएईमा नयाँ श्रम स्वीकृति लिएर ६० हजार २ सय ४४ र पुन : श्रम स्वीकृतिसहित १ लाख १४ हजार ९ सय ४१ जना, चौथो ठुलो गन्तव्य साउदी अरबमा नयाँ श्रम स्वीकृति लिएर ४० हजार ९ सय ६२ र पुन : श्रम स्वीकृतिसहित १ लाख ८ हजार ४ सय १४ जना उडे ।

यस्तै यो अवधिमा कुवेतमा नयाँ श्रमस्विकृतिमा १७ हजार ५ सय ५५ र पुन : श्रमस्वीकृतिसहित २७ हजार १ सय ४९, बहराइनमा नयाँ श्रम स्वीकृतिमा ४ हजार ८ सय ६२ र पुन : श्रमस्वीकृतिसहित ८ हजार ४ सय ५४ जना, ओमानमा नयाँ श्रमस्वीकृतिमा ३ हजार ५९ र पुन : श्रमस्वीकृतिसहित ५ हजार ७ सय १३, पोल्याण्डमा नयाँ श्रमस्वीकृतिमा ३ हजार ६ सय २० र पुन श्रमस्वीकृतिसहित ३ हजार ६ सय ४५, जोर्डनमा नयाँ श्रमस्वीकृति लिएर १ हजार ९ सय ४४ जना र पुन : श्रमस्वीकृतिसहित २ हजार १ सय ४ जना, टर्कीमा नयाँ श्रम स्वीकृतिमा १ हजार ८ सय १५ र पुन : श्रमस्वीकृतिसहित १ हजार ८ सय ४५ जना गए । विभागको तथ्यांक अनुसार गत वर्ष श्रम स्वीकृति लिएर विभिन्न १ सय ४२ देशमा नेपालीहरु विदेशिएका छन् ।

हेर्नुहोस वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचि

PDF सूचि हेर्न तलको लिंक क्लीक गर्नुहोस

ProgressReport20742075

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *