मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

news-details

अनशनरत चिकित्सक गोविन्द केसीको मागबारे सरकारलाई दबाब दिन देशभरका चिकित्सक हड्तालमा उत्रिएका छन् ।

केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सकले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर आज देशभरका सरकारी स्वास्थ्य संस्थामा कस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ । सरकारले चिकित्सा क्षेत्र सुधारमा ध्यान नदिएकाले अस्पतालमा हड्ताल गर्नुपरेको बताएका हुन् ।

केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै आलोचना समेत भएको छ ।

यता, नेपाल कम्युनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीले भने हड्तालमा सहभागी नहुने बताएका छन् । स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा हड्ताल गर्न नहुने उनीहरुले बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *