प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस

news-details
आज बसेको संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्को आजको बैठकको प्रमुख कार्यसूचीअनुसार जोशीको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो । नियमावली पारितपछि यो पहिलो परिषद बैठक हो ।
चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायालय नेतृत्वविहीन रहेको हो ।
न्याय परिषदले चैत १३ गते सर्वोच्चका तीन वरिष्ठतम तीन न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम पठाइएको थियो ।
वरिष्ठताका आधारमा उनको नाम सिफारिस भएको हो । सिफारिसपछि जोशीमाथि संसदीय सुनुावाइ हुनेछ । जोशी सर्वोच्चका कायम मुकायम प्रधान न्यायाधीश हुन् ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *