मलेसिया रोजगारीमा श्रम मन्त्री लचिलो बन्दै

news-details
मलेसिया जाने कामदारलाई आर्थिक भार थपेको भन्दै केही संस्था खारेजी गरेपछि बन्द भएको मलेसिया रोजगारी अझै खुल्ने संकेत नमिलेपछि श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट केही लचिलो देखिएका छन् ।
गत जेठ ३ गतेसम्ममा  सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको हकमा श्रमस्वीकृति दिन दवाव परेपछि उनी लचिलो बनेका हुन् । मन्त्री विष्टले भिषा स्ट्याम्पिङ भइसकेकाहरुको अध्ययन गरी खुलाउने संकेत दिएका छन् ।
मन्त्रालयमा आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा रहेको व्यवसायीहरुसँग भएको छलफलमा मन्त्री बिष्टले जेठ ३ गतेभन्दा अगाडि नै सबै प्रक्रिया पूरा गरिसकेका कामदारको विवरण माग्दै उनीहरुको हकमा भने अन्तिम श्रम स्वीकृति खुलाउन सकिने बताए ।
मेनपावर व्यवसायीले सिडिकेट खारेज गरे पनि सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृत खुलाउन आग्रह गरेका थिए ।
मन्त्री बिष्टले खारेज गरेका संस्थाको सम्बन्धमा हो भने सरकारपछि नहट्ने तर प्रकृया पुरा गरेर उड्न नपाएका कामदारहरु खारेज भएका संस्थामा नजाने गरी श्रम स्वीकृति दिन सकिने संकेत दिएका छन् ।
साथै, मन्त्री बिष्टले म्यानपावर व्यवसायीलाई नयाँ कामदारको काम भने नल्याउन निर्देशन दिएका छन् । मलेसियामा अहिले भएको समस्या समाधान भइरहेको र समाधान गर्न केही समय लाग्ने भएकाले नयाँ माग पत्र नल्याउन निर्देशन दिएका हुन् ।
मन्त्री विष्टले मलेसियासँग कुटनैतिक पहल भइरहेको जानकारी व्यवसायीहरु माझ राखेको छलफलमा सहभागी एक व्यवसायीले बताए । ‘तर प्रगति के भइरहेको छ कुनै जानकारी नै दिएनन्’ ती व्यवसायीले भने ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *