मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने

news-details

मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने उसको भनाइ छ ।

मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपालनजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार अझै एकरदुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास ९पकेट० क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अउनाउनुपर्ने देखिएको छ । मनसुनी रेखा नेपालको नजिक ९पूर्वी आकाश हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा० रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।

यस वर्षको मनसुन १४ असारदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो । गत २५ जेठ ९८ जुन० देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन । मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *