डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

news-details

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

कांग्रेसले शुक्रबार नै डा. केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे ।

तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *