निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’
- बैशाख २७, २०८२
- 0

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि नयाँघरेको नाम छनौट गरेको हो ।
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान पु¥याएको भन्दै पुरस्कार दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । २०६५ सालमा ‘एक हातको ताली’ निबन्धसंग्रहबाट मदन पुरस्कार पाएका नयाँघरेका ९ वटा नियात्रासंग्रह र १० वटा निबन्धका कृति सार्वजनिक भइसकेका छन ।
नयाँघरेसँगै लीला उदासी, कलाकार विक्रमश्री र कथाकार रीता ताम्राकारलाई जीवन स्मृति पुरस्कार तथा खुशी चोमू शेर्पालाई युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि छनौट गरिएको सस्थाका सचिव धनकुटे कान्छाले जानकारी दिए ।
जीवन आचार्य ३० को दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुन् । उनको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष सस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।
उक्त पुरस्कारहरु जीवन आचार्यको स्मृति दिवसको अवसरमा जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने छ । जीवन स्मृति प्रतिभा पुरस्कार जनही २० हजार एकसय ११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार दशहजार एकसय एघार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिने छ ।