रमजान अली मियाँको पुस्तक ‘नमाज’ राष्ट्रियसभा अध्यक्ष दाहालले गरे विमोचन

news-details

प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ विमोचित भएको छ । आज एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन ।

पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले उक्त पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए । लेखक मियासँग आफ्नो पुरानो सम्वन्ध रहेको र उनमा सानैदेखि अदभुत लेखकीय क्षमता रहेको अध्यक्ष दाहालले बताए ।
मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन ।

कार्यक्रममा कतारका सफल नेपाली व्यवसायी तथा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली श्रमिकहरुको कानुनी र भाषिक सहजताका लागि धेरै काम गरेको बताउदै शर्माले मियाँको नयाँ कृति सफलताको कामना गरे ।

सानै उमेरदेखि नै लेख्न र पढ्न रुचाउने अलिको यो ४० औ कृति हो । २० बर्षको उमेरमै पहिलो कृतिको रुपमा आठ खण्डमा आधारित खुत्बात ए अली मियाँ नामक पुस्तक करीब ६००० पृष्ठको उर्दुमा प्रकाशित गरेका उनको उक्त पुस्तकको २५ औं संस्करण प्रकाशित भैसकेको छ ।

उर्दु, अरबी, अंग्रेजी र नेपाली गरि रमजानका हाल सम्म ४० वटा कृतिहरु प्रकाशित भैसकेका छन । उर्दु साहित्य, इस्लाम दर्शन, इतिहास, अरबी अनुवाद, अनुभव तथा विवेचना उहाँको लेखन रुची हो । अहिले पनि उहाँका दर्जनौ पुस्तक प्रकाशनको पाइपलाइनमा रहेका छन् ।

खाडी मुलुक कतारलाई कर्मथलो बनाएका मीया अहिले कतार फाउन्डेसन, यु एस इन्टर ग्लोबल युनिभर्सिटी लगायत विभिन्न शैक्षिक केन्द्रको परियोजनामा गैह्र अरबी भाषीलाई अरबी भाषा पढाउने र असिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छन । उनी अहिले राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपाल संयोजक भएर काम गरिरहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *