मलेसिया रोजगारीमा कामदार आपूर्ति गर्ने प्रक्रियामा सिण्डिकेट लगाउन प्रयासरत गिरोहलाई फाइदा पुग्नेगरी मलेसिया सरकारले नेपालबाट कामदार आपूर्ति गर्ने मेनपावर कम्पनीहरुको ‘लिस्टिङ’ गर्ने भएको छ ।
मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्र लेख्दै मलेसियामा कामदार भर्ती र नियुक्तिलाई सहज बनाउन भन्दै इजाजतपत्र प्राप्त निजी भर्ती एजेन्सीहरूको संख्यालाई तर्कसंगत बनाउन मापदण्ड तय गरिएको जानकारी गराएको छ ।
जस अनुसार मलेसिया सरकारले मलेसिया कामदार आपूर्तिका लागि १० वटा अनिवार्य मापदण्डहरूको प्रावधान राख्दै उक्त मापदण्ड पुरा गर्ने इजाजतपत्र प्राप्त एजेन्सीहरू छनोट गरिने जनाएको छ ।
जसका लाथि नोभेम्बर १५ सम्म मलेसियाको मानव संसाधन मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गर्दै मन्त्रालयले वस्तुनिष्ठ र योग्यतामा आधारित जाँच प्रक्रिया मार्फत तोकिएको मापदण्ड पूरा गर्ने एजेन्सीलाई माात्र मलेसियामा कामदार आपुर्तीका लागि अनुमति दिने जनाएको छ ।
मलेसियाली पक्षले तय गरेका मापदण्डहरु नेपालका केही मेनपावर एजेन्शीबाहेक अरुले पु¥याउन सक्ने देखिदैन । सिण्डिकेटधारीको योजना अनुसार नै निश्चित संख्याका एजेन्शीले मात्र मापदण्ड पु¥याउन सक्ने गरीका प्रावधान मलेसियाली पक्षले राखेको छ ।
जस्तैकी मलेसियाले पछिल्लो पाँच (५) वर्षमा कम्तिमा ३,००० कामदारहरूको व्यवस्थापनको अनुभव र ट्रयाक रेकर्ड हुनुपर्छ भन्ने प्रावधान राखेको छ यो संख्या पु¥याउने मेनपावर कम्पनी केहीको संख्यामा मात्र छ । जबकी बार्षिक सय जना कामदार आपूर्ति गर्न नसक्ने मेनपावर कम्पनीको संख्या झण्डै आधा जसो छ ।
सिण्डिकेट जुनसुकै हालतमा स्वीकार्य हुदैन
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश कुमार बस्नेतले वैदेशिक रोजगारीमा कामदार आपूर्तिका क्रममा जुनसुकै किसिमको सिण्डिकेटको प्रयास भएपनि आफुहरुलाई त्यो अस्वीकार्य हुने बताए ।
‘हामीले पनि मलेसियाले राखेका शर्त सामाजिक सञ्जालबाट थाहा पाएका हौ, यदी सीमित व्यवसायीको फाइदाका लागि शर्तहरु राखिएका हुन भने नेपाल सरकारले सहमति दिएपनि हामी व्यवसायीहरुले त्यसलाई स्वीकार्दैनौ’ बस्नेतले भने ।
लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीमा पटक पटक सिण्डिकेट लगाउने प्रयास भएकोमा संघले विगतदेखिनै यस विरुद्धमा आवाज उठाउदै आएको बस्नेतको भनाई छ । ‘सिण्डिकेटले व्यवसायीलाई मात्र नभएर श्रमिकलाई पनि भार थप्छ, यसर्थ सीमित व्यवसायीको फाइदाको लागि यस्तो प्रयास गरिए हामी निर्णायक कदम चाल्न बाध्य हुन्छौ’ महासचिव बस्नेतले भने ‘संघले आम व्यवसायीको पक्षमा जुनसुकै कदम चाल्छ, सिण्डिकेट लगाउन प्रयास भए त्यसमा संलग्नलाई हामी छाडदैनौ र मलेसिया कामदार पठाउन बन्द गर्छौ’
यता प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चले पनि मलेसिया रोजगारीमा सिण्डिकेटको प्रयास भएमा त्यसको विरुद्ध अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएको छ । मलेसिया रोजगारी भर्नामा एकाधिकार गर्ने प्रयासको विषय सार्वजनिक भएपछि निरन्तर आवाज उठाइरहेको मञ्चले त्यसका विरुद्ध निरन्तर अभियान चलाइरहेको छ।
मञ्चका अध्यक्ष जनक रावलले सिण्डिकेटको अभ्यासले व्यवसायी मात्र नभएर लाखौं नेपाली श्रमिकको भविष्य जोखिममा पनेै बताउदै भने “सिण्डिकेट हामीलाई मान्य छैन सरकारले सबै व्यवसायीले पठाउन पाउने गरी निष्पक्ष र खुला प्रक्रिया अवलम्बन गर्नुपर्छ।”
यस्ता छन निजी भर्ती एजेन्सी चयनको मापदण्ड
१. न्यूनतम ५ वर्षको सञ्चालन इजाजतपत्र : भर्ती एजेन्सीसँग बंगलादेश, भारत, नेपाल, पाकिस्तान र म्यानमारका योग्य अधिकारीहरूबाट वैध दर्ता र इजाजतपत्र हुनुपर्छ र कम्तिमा पाँच (५) वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्छ ।
२. पछिल्लो ३ वर्षमा कम्तिमा ३००० विदेशी कामदारहरूको व्यवस्थापनको रेकर्ड : भर्ती एजेन्सीसँग पछिल्लो पाँच (५) वर्षमा कम्तिमा ३,००० कामदारहरूको व्यवस्थापनको अनुभव र ट्रयाक रेकर्ड हुनुपर्छ ।
३. कम्तिमा ३ प्राप्त गर्ने देशहरूमा विदेशी कामदारहरूको व्यवस्थापन र परिनियोजनमा अनुभवी : भर्ती एजेन्सीसँग विगत पाँच (५) वर्ष भित्र कम्तिमा तीन (३) फरक प्राप्त गर्ने देशहरूमा कामदारहरूको व्यवस्थापनको रेकर्ड हुनुपर्छ।
४. उत्पत्ति भएको देशका सबै सम्बन्धित नियामक निकायहरूबाट पूर्ण र मान्य इजाजतपत्रहरू : भर्ती एजेन्सीसँग सम्बन्धित अधिकारीहरूद्वारा जारी गरिएका सबै मान्य इजाजतपत्रहरू हुनुपर्छ, जसमा कामदारहरूको तालिम, मूल्याङ्कन, भर्ती र नियुक्ति समावेश छ ।
५. सम्बन्धित अधिकारीहरूबाट राम्रो आचरणको प्रमाणपत्र : भर्ती एजेन्सीको मालिकसँग स्रोत देशका सम्बन्धित अधिकारीहरूद्वारा जारी गरिएको आचरणको प्रमाणपत्र हुनुपर्छ ।
६. नैतिक र कानुनी भर्ना एजेन्सी : भर्ना एजेन्सीसँग जबरजस्ती श्रम, बेचबिखन, श्रम कानून उल्लङ्घन, जबरजस्ती जबरजस्ती, सम्पत्ति शुद्धीकरण वा अन्य कुनै पनि वित्तीय अपराध गतिविधिमा संलग्न भएको कुनै रेकर्ड छैन ।
७. पूर्ण सुविधाहरू सहितको स्वामित्वमा रहेको प्रशिक्षण र मूल्याङ्कन केन्द्र: भर्ना एजेन्सीसँग प्रशिक्षण र मूल्याङ्कन केन्द्रहरू छन् जुन कम्पनीसँग पूर्ण रूपमा विपरित छन्, आवास प्राविधिक प्रशिक्षण र प्रेरणा मोड्युलहरूसहित पूर्ण छन् ।
८. पाँच (५) अन्तर्राष्ट्रिय रोजगारदाताहरूबाट राम्रो प्रशंसापत्र : प्रत्येक भर्ना एजेन्सीले एजेन्सीको सेवाहरूसँग सन्तुष्ट विदेशी कामदारहरू प्राप्त गर्ने काउन्टीका रोजगारदाताहरूबाट कम्तिमा पाँच (५) लिखित प्रशंसापत्रहरू पेश गर्नुपर्छ ।
९. १०,००० वर्ग फिटको न्यूनतम क्षेत्रफल भएको कम्तिमा ३ वर्षको लागि स्थायी सञ्चालन कार्यालय : भर्ती एजेन्सीसँग भर्ती कार्यहरूलाई समर्थन गर्न पूर्ण सुविधाहरू र पर्याप्त पूर्वाधार क्षमता भएको भौतिक कार्यालय हुनुपर्छ ।
१०. अघिल्लो भर्ती प्रक्रियाहरूसँग अनुपालन प्रदान गर्ने कागजात : भर्ती एजेन्सीले प्राप्त गर्ने देश (मलेसियासहित) को सबै भर्ती आवश्यकताहरू कानूनी रूपमा र प्रणालीगत रूपमा पालना गरेको प्रमाणित गर्ने कागजातहरू पेश गर्नुपर्छ ।











