वैदेशिक रोजगारको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएको निलकमल ह्युमन रिसोर्स प्रा.लिले आफ्नो १७ औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू गरी भव्य रूपमा मनाएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो स्थानमा रहन सफल निलकमलले शुक्रबार आफ्नो कार्यालय प्रांगणमा आयोजित कार्यक्रममार्फत वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा रक्तदान, बृक्षारोपण, अपांगता भोगेका कामदारलाई आर्थिक सहायता तथा निःसहाय सेवा सदनलाई मेडिकल सामाग्री सहयोगजस्ता गतिविधिहरूले प्रमुखता पाएका थिए ।
कार्यक्रमको उदघाटन निलकमल हयुमन रिर्सोस्का अध्यक्ष मेघनाथ भूर्तेल र बागमती प्रदेशका सांसद श्रीराम लामिछानेले केक काटेर गरेका थिए ।

कार्यक्रममा निलकमलमार्फत एक बर्ष अगाडि मात्र कुवेत पुगेका झापा सुरुङगाका २९ वर्षिय रञ्जन उप्रेती जसले विदेशमा दुर्घटना भएर आफ्नो एउटा खुट्टा गुमाएर स्वदेश फकिृएका थिए उनलाई कम्पनीको तर्फबाट नगद १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । यस्तै, कम्पनीका कर्मचारीहरुले पनि उक्त घाइते कामदारका लागि थप ४७ हजार रुपैयाँ सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।

घाइते उप्रेतीले सहयोगप्रति निलकमललाई आभार प्रकट गर्दै यस्तो अवस्थामा काम गर्न कठिन भएपनि उक्त सहयोगले मनोबल बढेको र केही गर्ने अठोट पलाएको बताए । ‘निलकमल परिवारले मलाई गरेको सहयोगले मेरो घाउमा मल्हम लाग्नुका साथै केही गर्ने मनोबल बढेको छ’ उनले भने ।
वार्षिकोत्सवकै अवसरमा ‘एक वर्ष–एक विरुवा’ भन्ने उद्देश्यका साथ निलकमलले १७ वटा विरुवा बृक्षारोपण गरेको थियो । निलकमलका अध्यक्षसहित संचालकहरु जयराम भुर्तेल, अजय थापा, जीवनाथ भुर्तेल, सागर पौडेलले बृक्षारोपण गरेका हुन ।

यस्तै निलकमलले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी, स्थानीयलगायत सयौले रक्तदान गरेका थिए भने कम्पनीले निःसहाय सेवा सदनमा १० वटा मेडिकल बक्स सहयोग गरेको छ ।
कार्यक्रममा बोल्दै निलकमलका अध्यक्ष मेघनाथ भुर्तेलले देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगारीमा राम्रा र आकर्षक अवसर खोजीमा कम्पनी लागेको बताए । ‘वैदेशिक रोजगार क्षेत्रमा निलकमल ह्युमन रिर्सोसेज कम्पनी अग्रणी सस्थाको रुपमा स्थापीत भएको कम्पनी हो । यस कम्पनीले मुख्यतय गल्फका सबै मुलुकहरुमा हस्पिटालीटी, होटल, कन्सट्रक्शन तथा निर्माण क्षेत्रमा कामदार पठाउदै आई रहेका छौ’ उनले भने ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि उत्तिकै प्राथमिकता दिदै आएको अध्यक्ष भूर्तेलले बताए । उनले भने ‘सस्थाले विगतका वर्षहरु देखीनै विभिन्न वृद्ध आश्रम, संघ संस्था, मठ मन्दिर, असाहाय व्यक्तिहरु सहयोग गर्दै आईरहेकोमा अहिले बार्षिकोत्सवमा पनि त्यसलाई निरन्तरता दिइएको हो र भोलीका दिनमा पनि यसलाई निरन्तरता दिनेछौ’

त्यस्तै यस कम्पनीबाट वैदेशिक रोजगारमा गएर मृत्युवरण गरेका परिवारको बालबच्चालाई १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने र अंगभंग भएर आउनेहरुलाई जिविकोपार्जनको लागी आर्थिक सहयोग गर्ने प्रण कम्पनीले गरेको छ ।












