नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३ जना सल्लाहकार र २ जना कानुनी सल्लाहकार नियुक्त गरेको छ ।
संघका महासचिव महेश बस्नेतले प्रमुख सल्लाहकारमा पूर्वअध्यक्ष तथा नुर अप्परच्युनिटिज ओभरसिजका संचालक तिलक बहादुर रानाभाट तथा सल्लाहकारमा प्याराडाईज ईन्टरनेशनलका संचालक नवराज केसी र फ्युचर स्टार म्यानपावरका संचालक हरी बहादुर पाण्डे क्षेत्रीलाई नियुक्त गरिएको जानकारी दिएका हुन ।
यस्तै संघले प्रमुख कानुनी सल्लाहकारमा नेपाल बार एशोसिएसनका अध्यक्ष तथा बरिष्ट अधिबक्ता प्रो. डा. बिजय प्रसाद मिश्र र कानुनी सल्लाहकारमा अधिबक्ता अनुपम भट्टराईलाई नियुक्त गरेको महासचिव बस्नेतले बताए ।
यस्तै संघका अध्यक्ष भुवनसिंह गुरुङले मनोनयन गरेका ४ जना सदस्यहरुले पनि सपथ लिएका छन । गुरुङले अल जाफर इन्टरनेशनलका संचालक मोहमद जबारदिन मियाँ, भर्षा मेनपावरका संचालक रबिन मेगाले मगर, रेडिएन्ट ओभरसिजका संचालक शिब कुमार कार्की र रोज ह्यूमन रिसोर्सेसकी संचालिका सबिता कुमारी सिंलाई सदस्यमा मनोनित गरेका थिए ।








