शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु

news-details

नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ ।

मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा महासंघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आवश्यक रहेको भन्दै धर्ना सुरु गरेका हुन् ।

सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासंघले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो । आज देखि ५ चैतसम्म दलका कार्यालयहरूमा धर्ना दिने महासंघको तालिका रहेको छ ।

महासंघले भोली बुधबार २८ गते नेकपा एमाले, चैत १ मा नेकपा माओवादी केन्द्र, चैत २ मा नेकपा (एकीकृत समाजवादी), चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ मा जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा र चैत ५ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा (राष्टिय प्रजातन्त्र पार्टी) मा धर्ना दिँदै छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *