वैदेशिक रोजगार व्यवसायी महिला संघमा महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन
- फाल्गुन १९, २०८१
- 0

वैदेशिक रोजगार व्यवसायी महिला संघले प्रतिमा महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । । संघको दोश्रो साधारणसभाले महर्जनको नेतृत्वमा सर्वसम्मतिले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा तारा रेग्मी, द्वितीय उपाध्यक्षमा किरण सिग्देल, तृतीय उपाध्यक्षमा सुनिता कर्माचार्य, महासचिवमा हिरादेवी बुढाथोकी, सचिवमा धनमाया सिञ्जाली, सहसचिवमा हेमा गुरुङ, कोषाध्यक्षमा चन्द्रकमल श्रेष्ठ र सहकोषाध्यक्षमा सरु गुरुङ निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा भीममाया कार्की (कल्पना केसी), रमा खड्का, गंगा पुन, विद्यालक्ष्मी बज्राचार्य, निलम केसी, गीता राउत, तिलरुपा दाहाल र राधा केसी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष महर्जनले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा रहेका महिला व्यवसायिहरु सबैलाई समेटेर बिना भेदभाव जिम्मेवारी बाँटफाँट गरेर अघि बढ्ने बताइन् ।