‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

news-details

रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन् ।

आइतबार रिटर्नी नेटवर्क नेपाल सामुहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्स देशका नागरिकहरुको आय स्तरमा वृद्धि गराउन लगाउनु सकारात्मक भएको बताएका हुन् ।

उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको आय स्तरमा वृद्धि भएको छ । राष्ट्रिय पूँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पूँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।’

साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । उनले एक महिनामै ८५ हजार युवाहरु विदेश जानुले हाम्रो देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *