विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग

news-details

नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार समक्षमा माग गरेको छ ।

संघले स्वास्थ्य परीक्षण रिपोर्टलाई पारदर्शी र गुणस्तरीय बनाउनका लागि सबै स्वास्थ्य संस्थामा अनिवार्य बायोमेट्रिक तथा आइरिस प्रणाली तत्काल लागु गर्न माग गरेको हो ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको विकृति तथा विसंगतिलाई हटाउनका लागि सरकारले नै डिजिटल सिस्टम लागु गरेर कडाईका साथ अनुगमन गर्न आग्रह गरेको छ । त्यसैगरी संघले सबै स्वास्थ्य संस्थामा अनलाइन नाम दर्ता (अनलाइन एपोइन्टमेण्ट) मार्फतबाट मात्र स्वास्थ्य परीक्षण गर्न मिल्ने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

संघले गुणस्तरीय स्वास्थ्य परीक्षणमा कुनै पनि स्वास्थ्य संस्थाले सम्झौता नगर्ने प्रतिवद्धता जनाएको छ । संघका महासचिव कृष्ण प्रसाद बजगाईले स्वास्थ्य परीक्षणका नाममा कसैले पनि खेलवाड गर्न नहुने र गुणस्तरीय स्वास्थ्य परीक्षणमा संघले अभियान नै चालेर अगाडि बढ्ने जानकारी दिए ।

संघले स्वास्थ्य परीक्षणका नामा कुनै पनि सिण्डकेटको अन्त्य गर्न सरकारसँग माग राखेको छ । मलेसिया, साउदी, दक्षिण कोरिया, कतार जाने कामदारलाई स्वास्थ्य संस्थाको सिण्डिकेटमार्फत परीक्षण भइरहेको हुँदा सबै सूचिकृत स्वास्थ्य संस्थाले काम गर्न पाउनु पर्ने संघका अध्यक्ष तारानाथ अर्यालले बताए ।

श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ परीक्षण गराउदै आएता पनि मलेसियाका लागि ३६ वटा संस्था र साउदीलगायतका देशका लागि गाम्का नेपालमा वटा स्वास्थ संस्थाले सरकारको नीति विपरित सिण्डिकेट गरेको भन्दै अध्यक्ष अर्यालले सिण्डिकेट तत्काल बन्द गर्नुपर्ने माग गरे ।

दुई अर्ब बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिव १० हजार व्यक्तिहरू आश्रित रहेको स्वास्थ्य परीक्षण गर्ने क्षेत्र तहसनहस बनाउन खोजिएको महासचिव बजगाईले भनाई थियो ।

गुणस्तरिय सेवाको सुनिश्चितता लागि प्रणालिमा सुधार गर्नुपर्ने उनको भनाई छ । वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण सम्बन्धि व्यवस्था बैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जिन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा एक रुपता कायम हुने स्वास्थ्य परिक्षण प्रतिवेदन तयार गरि सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरि एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रुपमा स्वास्थ्य संस्थाहरुमा लागु गर्नुपर्ने संघले माग गरेको छ ।

यसैगरी सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरि एकरुपता कायम गरिनुपर्ने समेत संघले माग गरेको छ। संघकी बरिष्ठ उपाध्यक्ष कला रिजालले स्वास्थ्य परीक्षणका नाममा कुनै पनि सिण्डिकेट मान्य नहुने बताइन् ।

भर्खरै मेनपावर व्यवसायी समेत रहेका तारानाथ अर्यालको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले संघ हाक्न थालेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *