भैरहवामा वैदेशिक रोजगारका सबै सेवा उपलब्ध गराउने प्रतिवद्धता
- रोजगारमञ्च
- मंसिर २०, २०८१
- 0
सरकारले गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जानेहरुका लागि वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
भैरहवामा बुधवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको छलफलमा उक्त प्रतिवद्धता जनाइएको हो ।
भैरहवामा वैदेशिक रोजगारमा जानेहका लागि स्वास्थ्य परीक्षण, अभिमूखिकरण, मेनपावरको शाखा कार्यालयको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउन सरकार सकारात्मक देखिएको छ ।
बैठकमा सहभागी भएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवाबाट नै वैदेशिक रोजगारका सम्पुर्ण सेवा सहजढंगबाट प्रदान गर्नका लागि सरोकारवालासँग छलफल भएको जनाए ।
श्रम सचिव मुकुन्दप्रसाद निरौलाले समेत निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा कानुनी व्यवस्थामा गर्नुपर्ने परिमार्जन लगायत प्रक्रिया समेत अघि बढेको जानकारी गराएका छन् ।
पर्यटकीय उद्देश्यभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु गौतमबुद्ध विमानस्थलमा धेरै भएकाले सरकारले वैदेशिक रोजगारका सेवा भैरहवामा नै पु¥याउन लागेको हो ।