पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ
- मंसिर १४, २०८१
- 0
पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।
0 प्रतिक्रिया
सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा […]
नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त
लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । […]
नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया […]
सहकारीमा जम्मा गरेको बचत फिर्ता गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले दिए महानगरमा निवेदन
सहकारीमा आफूहरूले जम्मा गरेको बचत रकम फिर्ताको पहल गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् […]
सहिद दिवस तीन दिन मनाउने बागमती प्रदेश सरकारको निर्णय
बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । यही माघ १४, १५ […]