सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र योगदान रकम बृद्धि
- भदौ १५, २०८१
- 0
सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ । सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्यांकले देखाउँछ ।
कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने १५ लाख ८६ हजार पाँच सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएको देखिन्छ ।
पछिल्लो तीन सातामा छ अर्ब ३७ लाख रुपैयाँ योगदान रकम थपिएपछि योगदान रकम बृद्धि भएको कोषको वेभसाइटमा उल्लेख भएको तथ्यांकले देखाउँछ ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो ।
कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ । कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।
औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो ।
0 प्रतिक्रिया
आज पाचँ संसदीय समितिको बैठक बस्दै
आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान […]
अमेरिकामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय […]
रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँ
राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ […]
भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलेर जोकोहीलाई छानविनको दायरामा ल्याउनुपर्छ : डा.डिला संग्रौला
नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताएकी छन् । नेपाली कांग्रेस […]
यस्तो रहनेछ आजको मौसम
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी […]