नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वमा लागि एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट समूह र एकिकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको ‘सयुक्त व्यवसायिक समूहले नरेश गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा

आज आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा ‘सयुक्त व्यवसायिक समूह’ले संघको अध्यक्षका लागि एचआर इन्टरनेशनलका संचालक नरेश गेलाल, प्रथम उपाध्यक्षमा एलायन्स हयुमन रिर्सोसका संचालक सुजित कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंकका संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआरका बैकुण्ठ बैभव पौडेल, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावरका अनिल बोगटी र कोषाध्यक्षमा कालिन्चोक एचआरकी संचालक धनु सिंजालीको उम्मेदवारी घोषणा गरेको हो ।

प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा

यस्तै सदस्यहरुमा माउन्टेन ग्रुपका देउमान नेम्वाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिजमा चन्द्र लिम्बु, रियो ओभरसिजकी रमा खडका, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पायरका दिनेश बस्नेत, आयुस ओभरसिजका कामेश्वर साह (राहुल), सिगल ओभरसिजमा छत्र बस्नेत, डेस्टिनी हयुमन रिर्सोसका युवराज देवकोटा, गल्फ एसिया मेनवारका राजेश यादवको उम्मेदवारी घोषणा भएको छ ।

प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा

यसअघि कांग्रेस निकट लोकतान्त्रिक एसोशिएसनले माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको सहकार्यमा भुवनसिंह गुरुङको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको थियो ।

प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा