वैदेशिक रोजगार विभागले ५ सय ८४ मेनपावर कम्पनीको कारोवार रोक्का गरेको छ ।

विभागले सोमवार एक सुचना जारी गर्दै ५ सय ५४ मेनपावरको कारोवार रोक्का गरेको जानकारी दिएको हो । यी मेनपावरमध्ये कति वटा खारेज गरेको हो भन्ने विवरण विभागले खुलाएको छैन ।

विभागमा दर्ता भएर स्वयं खारेजीका लागि निवेदन दिएका, विभागले आफैले नियम विपरित काम गरेका मेनपावरको खारेज गरेका र उजुरी परेर समस्या समाधान नगरेका मेनपावरहरुको कारोवार रोक्का गरेको संख्या ५८४ भएको विभागले जनाएको छ ।

विभागले अहिलेसम्म दर्ता भएर खारेजीमा परेका र काम कारवाही रोक्का भएका मेनपावरहरुको सूची निकालेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै मेनपावर कम्पनीको धरौटी बढाएपछि केही मेनपावर मर्ज भएका थिए भने केही आफै खारेजीमा परेका थिए ।

यसअघि सबै मेनपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । तर अहिले ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । ऐन संसोधनमा एकाघरका व्यक्तिका नाममा एउटाभन्दा बढी मेनपावर सञ्चालन गर्न नपाइने र मर्जरमा जान सक्ने विकल्प दिएका कारण मेनपावर कम्पनीको संख्या घटेको संघका महासचिव भुर्तेलको भनाई छ ।

यस्तै विभागले असार १७ गते एक सुचना प्रकाशन गरी सबै मेनपावर कम्पनीहरुलाई फ्रि भिसा फ्रि टिकटमा पठाएको कामदारहरुको विवरण माग गरेको छ ।

यसैबीच वैदेशिक रोजगार ऐनको प्रावधान अनुसार बार्षिक १ सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर नविकरण नहुने हुदा ३ सय भन्दा बढी मेनपावर कम्पनी खारेजीको त्रासमा परेका छन ।

यसअघि विगत ४ वर्षदेखि बाधा अड्काउ फुकाउमार्फत नवीकरण हुँदै आएको थियो । व्यवसायीहरूले १०० कामदारको प्रावधान हटाउनुपर्ने माग राख्दै आएका छन् । सरकारले सोही आधारमा ऐन संशोधनको प्रक्रिया अगाडि बढाए पनि अहिलेसम्म यो संसोधन हुन सकेको छैन ।

प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र मेनपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर यो आर्थिक वर्षको असार अन्तिमसम्म पनि बाधा अडचन फुकाउका लागि मन्त्रीपरिषदको बैठकले कुनै निर्णय गरिनसकेकाले ३ सय भन्दा बढी मेनपावर कम्पनी खारेजीको संघारमा पुगेका हुन ।

वैदेशिक रोजगार विभागमा दर्ता भई हाल खारेज भएका तथा कारोबार रोक्का भएका संस्थाहरुको नामावली

५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा५८४ मेनपावरको कारोवार रोक्का, बार्षिक सय कामदार नपठाउने मेनपावर नबिकरण नहुने त्रासमा