वैदेशिक रोजगारीमा कामदार पठाउदै आएको एलायन्स ह्युमन रिसोर्स प्रा.लिले सोमबार अनौठो संयोग जुराएको छ । आफुले शुन्य लागतमा मलेसिया पठाएका कामदारको परिवार भेटाउन मलेसियाली रोजगारदातालाई श्रमिकको घरमै पु¥याएको एलायन्सले रोजगारदाता र श्रमिक परिवारलाई प्रत्यक्ष भेटाएको हो ।

मलेसियाको अत्याधुनिक फर्निचर उत्पादन गर्ने बेलायती लगानीको बीएसएसबी एसडीएन बीएचडी कम्पनीका मलेसियाली रोजगारदाता हावर्ट ओवार्डलाई लिएर एलायन्स ह्युमन रिसोर्सका संचालकसमेत रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजित श्रेष्ठ सर्लाहीको हरिपुर पुगेका हुन ।

उक्त कम्पनीमा सर्लाहीको हरिपुरका मात्रै ४७ जना कामदार कार्यरत छन् । उक्त कम्पनीले सोमबार नै हरिपुरबाट थप ७० जना कामदार छनोट गरेको छ । उनीहरु सबै स्वच्छ एवम् मर्यादित भर्ना प्रक्रियाबाट शून्य लागतमा मलेसिया जान लागेका हुन् ।

एलायन्स ह्युमन रिर्सोसले जुराएको त्यो संयोग, मलेसियाली रोजगारदाताले श्रमिकको घरमै पुगेर सुने गुनासो !

मलेसियाली रोजगारदाता हावर्टले कामदारका परिवारसँग मलेसिया जादा कुनै खर्च तिर्नु परे नपरेको, सेवासुविधामा चित्त बुझेनबुझेको लगायतका जिज्ञाशा राख्दा श्रमिकको परिवारले उक्त कम्पनीमा जादा कुनै शुल्क तिर्नु नपरेको सुनाउदै पारिश्रामिक बढाइदिन र ओभरटाइम काम गर्ने व्यवस्थाका लागि हावर्ट समक्ष आग्रह गरेका थिए ।

आफ्नै आँगनमा छोरा विनय कुमार महराका मलेसियाली रोजगारदाता हावर्ट ओवार्ड हालखबर बुझ्दै आइपुगेपछि उनका बुबा मिश्री महरा हर्षले पुलकित थिए । स्थानीय स्तरमा रंगरोगनको काम गर्ने ४० वर्षीय महराले हतार–हतार मोबाइल खोलेर मलेसियामा रहेको छोरासँग भिडियो कलमा जोडिए । स्थानीय भाषामा उनले भने, ‘तोहर मालिक हमार घरमे आईलेबानी ।’ अर्थात ‘तेरो मालिक हाम्रो घरमा आएको छ ।’

पहिलोपटक आफ्नो कम्पनीमा काम गर्ने कामदारको घर र परिवारको वास्तविक अवस्था बुझ्न आएका रोजगारदाता हावर्ट ओवार्डले लामो जिज्ञासा नराखी मिश्रीको सुत्ने, खाना पकाउने, गाईबस्तु तथा अन्न राख्ने सबै ठाउँ नियाले । आफूसँग भएको मोबाइल फोनले सबै ठाउँको तस्बिर लिए । टायलले छाएको साँघुरो घर भएका कारण उनी राम्रोसँग उभिन पनि पाएनन् ।

एलायन्स ह्युमन रिसोर्सका सञ्चालक श्रेष्ठले मलेसियाली रोजगारदाताले कामदारका परिवारको अवस्था बुझ्न र कम्पनीको सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत सहयोग पु¥याउने इच्छा व्यक्त गरेपछि आफूले भेटघाटको प्रबन्ध मिलाएको बताए ।

त्यसपछि हावर्डले मिश्रीलाई सोधे, ‘मलेसियामा तिम्रो छोराको तलब सुविधा वा अन्य विषयमा शिकायत केही छ भने भन, नेपालबाट मलेसिया जाँदा कति खर्च लाग्यो त्यो पनि सुनाउ ।’ जवाफमा मिश्रीले भने, ‘अहिलेसम्म कुनै शिकायत छैन, मलेसिया जाँदा कुनै खर्च लागेन सबै राम्रो छ । तर छोराले मलेसियामा ओभरटाइम गर्न पाएको छैन । ओभरटाइम मिलाइदिनु प¥यो ।’ जवाफमा हावर्टले भने, ‘ओभरटाइमको ग्यारेन्टी गर्न सकिँदैन, अरू समस्या भए भन्नुस् ।’ त्यस जवाफमा मिश्रीले कुनै प्रतिक्रिया जनाएनन् ।

एलायन्स ह्युमन रिर्सोसले जुराएको त्यो संयोग, मलेसियाली रोजगारदाताले श्रमिकको घरमै पुगेर सुने गुनासो !

मिश्रीसँग कुराकानी गरेपछि हावर्ट नजिकै रहेको अर्का कामदारको घर उमेश महराको घरमा गए । उमेशकी श्रीमतीले पनि रोजगारदाता हावर्टलाई आफ्ना श्रीमानको तलब बढाइदिन माग गरिन् । जवाफमा हावर्टले त्यसमा सहानुभूतिपूर्वक विचार गर्ने बताए ।

कामदारका परिवारका सदस्यहरूसँगको भेटघाटपछि रोजगारदाता हावर्टले सबै पक्षसँगको छलफलपछि आफ्नो कम्पनीमा कार्यरत कामदारका बालबालिका र परिवारलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम ल्याउने उल्लेख गरे ।

एलायन्स ह्युमन रिसोर्सका सञ्चालक श्रेष्ठले मलेसियाली रोजगारदाताले कामदारका परिवारको अवस्था बुझ्न र कम्पनीको सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत सहयोग पु¥याउने इच्छा व्यक्त गरेपछि आफूले भेटघाटको प्रबन्ध मिलाएको बताए । रोजगारदाता र कामदारका पारिवारिक सदस्यको भेटघाटले कामदार र रोजगारदाता दुवैलाई फाइदा पुग्ने श्रेष्ठको भनाइ छ ।

कामदारका परिवारका सदस्यहरूसँगको भेटघाटपछि रोजगारदाता हावर्टले सबै पक्षसँगको छलफलपछि आफ्नो कम्पनीमा कार्यरत कामदारका बालबालिका र परिवारलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम ल्याउने उल्लेख गरे । उनको कम्पनीमा विगत २१ वर्षदेखि नेपालीले काम गरिरहेका छन् । कम्पनीमा भियतनाम, बंगलादेश र म्यानमारबाट पनि कामदार गएको, तर नेपालीको मेहनत र लगनशीलताबाट आफू प्रभावित भइ उनीहरूको घर र परिवारलाई भेट्न आएको उनले बताए ।

एलायन्स ह्युमन रिर्सोसले जुराएको त्यो संयोग, मलेसियाली रोजगारदाताले श्रमिकको घरमै पुगेर सुने गुनासो !

त्यसअघि आयोजित कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारले पूर्णतया शून्य लागतमा कामदार लैजाने मलेसियाली कम्पनीको कार्यले आफ्नो नगरपालिकाका युवाहरूलाई आर्थिकरुपमा धेरै सहज भएको भन्दै शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिदिन आग्रह गरे । उनले यसअघि कम्पनीमा काम गरेका नेपाली कामदारको लगनशीलता, इमानदारिताका कारण रोजगारदाता कम्पनीका सञ्चालक कामदारको घरदैलोमा आउने वातावरण बनेको भन्दै छनोट भएर जाने नयाँ युवाहरूले पनि लगनशीलता, इमानदारिता देखाउन जरुरी रहेको बताए ।

एलायन्स ह्युमन रिर्सोसले जुराएको त्यो संयोग, मलेसियाली रोजगारदाताले श्रमिकको घरमै पुगेर सुने गुनासो !

स्थानीय समाजसेवी उदय नारायण चौधरीले मलेसियामा कार्यरत नेपाली कामदारको पे रोल र अन्य सुविधा गोप्य राखिने गुनासो आइरहेको अवस्थामा रोजगारदा नै कामदारको घरदैलोमा पुगेर उनीहरूले पाउने सेवा सुविधा र शून्य लागतका विषयमा जानकारी गराउने कार्यले विपन्न अवस्थामा रहेका कामदारलाई फाइदा पुगेको बताए ।

म्यानपावर कम्पनीका सञ्चालक श्रेष्ठले मलेसियाली कम्पनीले शून्य लागतमा कामदार लैजाने भएकोले रोजगारीमा छनोट हुनका लागि आवेदन गरेकाहरूलाई कुनैपनि शीर्षकमा रकम नलिइने भएकाले छनोटका लागि कुनै दबाब नदिन र कसैको प्रलोभनमा नपर्न आग्रह गरे ।

एलायन्स ह्युमन रिर्सोसले जुराएको त्यो संयोग, मलेसियाली रोजगारदाताले श्रमिकको घरमै पुगेर सुने गुनासो !

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नीलमदेवी राय यादव, वडाध्यक्ष गजेन्द्र चौधरी, वडा अध्यक्ष प्रेमहरि श्रेष्ठ, वडा सदस्य नगेन्द्र महतो, वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुनकुमार साहलगायतको उपस्थिति रहेकोे थियो ।