त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस
- फाल्गुन ६, २०८०
- 0

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको लागि तीनजनाको नाम सिफारिस भएको छ ।
सर्टलिष्टमा परेकामध्येबाट सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरिएको सूचना जारी गरेको छ ।
उपकुलपतिका लागि ४३ जना प्रतिस्पर्धी थिए । जसमा एकजनाको आवेदन अस्वीकृत भएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका उम्मेदवारबाट कार्ययोजना साथै सोचपत्र प्रस्तुतीकरण सकेर आज अन्तर्वार्ता लिइएको थियो ।
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]