त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

news-details

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको लागि तीनजनाको नाम सिफारिस भएको छ ।

सर्टलिष्टमा परेकामध्येबाट सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरिएको सूचना जारी गरेको छ ।

उपकुलपतिका लागि ४३ जना प्रतिस्पर्धी थिए । जसमा एकजनाको आवेदन अस्वीकृत भएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका उम्मेदवारबाट कार्ययोजना साथै सोचपत्र प्रस्तुतीकरण सकेर आज अन्तर्वार्ता लिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *