सामाजिक सुरक्षा दिवस : वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए

news-details

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवस मनाउँदै गर्दा वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जना कोषमा जोडिएका छन् ।

कोषले मंसिर ११ गते सोमबार छैटौ सामाजिक सुरक्षा दिवस काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मनाउँदैछ । कोषले छैटौ दिवस मनाउँदै गर्दा गत बर्षदेखि कार्यान्वयनमा आएको वैदेशिक रोेजगारमा जाने र विदेशमा कार्यरत नेपालीहरु लाखौको संख्यामा जोडिएका हुन् ।

मंसीर ८ गतेसम्मको तथ्यांक अनुसार बैदेशिक रोजगारमार्फत श्रम स्विकृति लिएर जानेको हकमा कोषमा योगदानको निरन्तरता न्युन देखिएता पनि वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको देखिएको छ ।

सामाजिक सुरक्षा कोषमा सुचीकृत रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म योगदानकर्ताको संख्या ९ लाख २८ हजार ४ सय ५३ पुगेको कोषले जनाएको छ ।

कोषको पछिल्लो तथ्यांक अनुसार ४४ अर्ब ८५ करोड रुपैया कोषमा जम्मा भइसकेको छ । जस अन्तर्गत औषधी उपचार , स्वास्थ्य तथा मातृत्वका लागि ७६.१२ करोड दावी गरिएको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८.७५ करोड रहेको छ ।

त्यसैगरी आश्रीत परिवार सुरक्षा दाबी रकम १०.९६ करोड रहेको छ भने अवकाश दाबी रकम ५४८.९७ करोड रहेको जनाइएको छ । कोषमा अहिलेसम्म कुल दाबी रकम ६ अर्ब ४४ करोड पुगेको छ ।

सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्म बमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा कोषमा समेटिएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *