आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने
- कार्तिक १६, २०८०
- 0

देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।
गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन् ।
0 प्रतिक्रिया
शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतकार हरि […]
आज पनि प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध, आधा घण्टाका लागि स्थगित

विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै […]
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली संघ र […]
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम मन्त्रीको सम्बोधन : मर्यादित श्रमका लागि नेपालको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन । अन्तर्राष्ट्रिय श्रम […]
Shrestha Family Donates Largest Bell to Manakamana Temple in Sankhuwasabha

At the revered Manakamana Temple in Nepal’s Sankhuwasabha district, Surendra (Suren) Shrestha, his wife Ruby Shrestha and his daughter Sarina […]