आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

news-details

देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *