जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
- असार २५, २०८०
- 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।
उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।
जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए ।
उनलेृ भने, ‘उक्त विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।’
उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।
0 प्रतिक्रिया
तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता गराउन स्वास्थ्य मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही […]
प्रतिनिधि सभा बैठक भोलीसम्मका लागि स्थगित

संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक भोली जेठ २९ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार जेठ २८ गते १ […]
प्रतिपक्ष दलहरुद्वारा आज पनि संसद अवरोध

प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विपक्षी […]
संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा

संखुवासभा – सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोध जनाउँदै संखुवासभा सुनचाँदी व्यवसायी संघले जेठ २९ र ३० गते जिल्लाभरका सुँनचाँदी […]
संसद बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

विपक्षी दलहरूबीच छलफल भएको छ । आज संसद बैठक बस्नुअघि संसद भवन बानेश्वरमा विपक्षी दलहरूले छलफल गरेका हुन् । बैठकमा […]