बेलायतमा नर्स पठाउने प्रक्रिया अर्को साताबाटै सुरु हुन्छ : मन्त्री भण्डारी
- असार ११, २०८०
- 0

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले, बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया यसै साताबाट सुरु हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा, आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैँ उनले, यसै हप्ता दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए ।
उनले भने ‘नेपाल सरकार र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुरुप बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनोट कार्यलाई प्रभावकारी अगाडि बढाउने समझदारी र ढाँचा मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ । यस सम्बन्धमा यसै हप्तामा दुई पक्षीय सम्झौता हुँदै छ ।’
0 प्रतिक्रिया
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, के–के छन ?

सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय […]
देशलाई अब आर्थिक सम्पन्नताको बाटोमा डोर्याउनुपर्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र […]
जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् । मोरङको कानेपोखरीमा आयोजित सभालाई […]
भीआईपीलाई बिना निम्तो खेल हेर्न मैदानमा नआउन एन्फाको आग्रह

अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईपीहरूलाई आग्रह गरेको छ । फोर नेसन्स […]
काभ्रेको धुलिखेलमा बस दुर्घटना हुदा १७ जना घाइते

काभ्रेको धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस […]