वैदेशिक रोजगार व्यवसायी संघको सय दिन : २२ बूँदे कार्यप्रगति र २१ बूँदे भावी योजना सार्वजनिक

एक महिनाको पारिश्रमिकसहित सेवा शुल्क परिमार्जनको लविङ
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा कामदार पठाउँदा एक महिना बराबरको सेवा शुल्क लिन पाउने व्यवस्थाका लागि पहल गरिरहेको जनाएको छ ।

संघ कार्यसमितिले आफ्नो कार्यकालको एक सय दिन पुगेको उपलक्ष्यमा आइतबार पत्रकार सम्मेलन गर्दै संघले अहिलेसम्म गरेको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गरेको छ ।

संघले आफ्नो सय दिनमा २२ बूँदे कार्यप्रगति सार्वजनिक गर्दै आगामी दिनमा गर्ने २१ बूँदे योजनासमेत सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारमा पठाउँदा अव्यहारिक फ्री भिसा फ्री टिकटको व्यवस्थाका कारण कामदार, व्यवसायी र सरकार समस्यामा परेको भन्दै सेवा शुल्क परिमार्जनका लागि विशेष प्राथमिकताका साथ पहल गरिरहेको संघले जनाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकार र सरोकारवाला निकायलाई तत्काल सेवा शुल्क परिमार्जन गरेर यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि लविङ्ग गरिरहेको जानकारी दिए । उनले भने–‘दक्षिण एसिया र फिलिपिन्स लगायतका दक्षिण पूर्व एसियाका देशको प्राक्टिसलाई हेरेर सोहि अनुसार हाम्रो देशमा पनि एक महिनाको तलव वरावरको रकम व्यवसायीले सेवा शुल्कको रुपमा लिन पाउने व्यवस्था लागु गराउन अनुरोध गर्दछौ ।’

संघले आफ्नो प्रमुख एजेण्डामा सेवा शुल्क परिमार्जन, एक सय कामदार पठाउनै पर्ने प्रावधानको अन्त्य, मागपत्र प्रमाणिकरणमा सहजता, वैदेशिक रोजगार व्यवसायी कोषको व्यवस्था, देश नै पिच्छे फरक फरक इजाजत लिनु पर्ने व्यवस्थाको अन्त्य, रोजगार वैंक स्थापनादेखि संघको आफ्नै कार्यालय स्थापना गर्ने सम्म रहेका छन् ।

संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा शुल्क परिमार्जन गरेर अहिले भइरहेका ठगीलाई रोक्दै व्यवसायीहरुलाई मर्यादित बनाउनका लागि सरकारले नै रोकिरहेको बताए । ‘सरकार आफै कोरिया, इजरायल पठाउनका लागि पैसा लिने अनि निजी क्षेत्रलाई चै १० हजार भन्दा बढि नलिइ भन्दा कसरी न्याय संगत हुन्छ’ उनको तर्क छ ।

संघका महासचिव मेघनाथ भूर्तेलले संघले गरिरहेका कामका बारेमा जानकारी गराएर आगामी दिनमा गर्ने योजनाका बारेमा पत्रकार सामु सार्वजनिक गर्दै व्यवसायीका माग र मुद्धामा सरकार गम्भीर बन्नु पर्ने बताए ।

संघले अहिलेसम्म गरेका कार्य

१. १०० जना कामदारको समस्या समाधान गर्न पहल

२. सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा मागपत्र पेश

३. मागपत्र प्रमाणीकरण सम्वन्धि समस्या समाधान गर्न पहल

४. पटक पटक विज्ञापन गर्न पर्ने व्यवस्थाको अन्त्य

५. वैदेशिक रोजगार व्यवसाय कोष संचालन सम्बन्धी मापदण्ड २०७९ कार्यान्वयन नजिक

६.नेपाल स्थित साउदी अरबको दुतावाससंग सम्वन्धित समस्या समाधान गर्न पहल

७.मलेसियाका समस्याबारे मलेसियन गृह मन्त्रिलाई ध्यानाकर्षण

८.व्यवसायीका समस्या समाधान गर्न समिति गठन

९. व्यवसायी उपर परेका उजुरी फरफारक सम्वन्धमा

१०. ऐन कानून संसोधन सम्वन्धमा सुझाव पेस

११. आर्थिक वर्षको वजेटमा वैदेशिक रोजगारसंग सम्वन्धित विषयमा अर्थ र श्रम मन्त्रीसंग भेटघाट र माग पत्र पेश

१२. व्यवसायीलाई क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम संचालन

१३. मलेसियाको मागपत्र प्रमाणीकरण गर्दा अतिरिक्त समय उल्लेख गर्ने समस्या

१४. केडिएन एक्पाएर सम्वन्धि समस्याको समाधान

१५. सामाजिक सुरक्षा कोषसंग सम्वन्धित समस्या गुनासो संवोधन सम्वन्धमा

१६ .विरामी व्यवसायीलाई आर्थिक सहायता प्रदान गरिएको

१७. विदेशमा मुत्यु भएका व्यवसायीको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको

१८.क्यालेण्डर प्रकाशन गरिएको

१९. मलेशियामा कार्यरत कामदारको समस्या समाधान गरिएको

२०.साउदी अरव स्थित नेपाली दुतावाससंग साउदी अरवको मागपत्र प्रमाणिकरण र व्यवसायीका समस्या समाधान गर्न पहल

२१. कुवेतमा रहेको नेपाली दुतावासबाट मागपत्र प्रमाणीरणमा सम्वन्धमा

२२. जापान कामदार पठाउन सुचिकरण सम्वन्धमा

संघका भावी योजना तथा कार्यक्रमहरु

(१) सेवा शुल्क परिमार्जन (वृद्धि) गराउने

(२) छुटा छुटै ईजाजत लिन पर्ने व्यवस्था अन्त्य गराउने

(३) बैदेशिक रोजगार व्यवसायी कोष सञ्चालनमा ल्याउने

(४) बैदेशिक रोजगार सुचना प्रणालीका समस्या समाधान गर्ने

(५) १०० जना कामदार नपठाए ईजाजत नविकरण नहुने व्यवस्था खारेज गर्ने

(६) व्यवसायीले व्यवसाय गर्न नपाउने व्यवस्था अन्त्य गर्न पहल गर्ने

(७) विद्यमान ऐन तथा कानुनलाई समय सापेक्ष परिमार्जन गर्न पहल गर्नेे

(८) बैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गर्ने

(९)पूर्व स्विकृति र अन्तिम स्विकृति सम्वन्धि समस्या समाधान गर्ने

(१०) मन्त्रालयको सहमति,सरोकारवालाको सुझावको आधारमा तलव तोक्ने व्यवस्था गर्ने

(११) माग पत्र प्रमाणिकरणमा सहजता

(१२) श्रम सहचारीको भूमिका शशक्त वनाउने

(१३) विदेशमा कानूनी सहायता उपलव्ध गराउन पहल गर्ने

(१४)रोजगारदाता मुलुकमा रोजगार मेला व्यद ँबष्च गर्ने

(१५) रोजगारीको नयाँ गन्तव्य खोज्ने

(१६) २ बर्ष शेयर बेच्न नपाउने व्यस्था हटाउन पहल गर्ने

(१७) व्यवसायीलाई स्वास्थ्य सेवा दिन अस्पतालहरुसंग सहकार्य गर्ने

(१८) कामदार तथा श्रमिक अस्पताल खोल्न पहल गर्ने

(१९) श्रम तथा रोजगार वैंक खोल्न पहल गर्ने

(२०) सीप सिकाउन तालिम केन्द्र खोली सीप सिकाई दक्ष कामदार पठाउन पहल गर्ने

(२१) संघको आफ्नै भवन निर्माण गर्ने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *