विदेश जाने युवालाई दुःख नदिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
- चैत्र २, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन ।
बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन ।
बैठकमा प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको छु। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाले दुः ख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”
0 प्रतिक्रिया
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी […]
रास्वपा केन्द्रीय समिति बैठक आजदेखि सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको […]
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिबादीका कानून ब्यबसायीले देखाए सरकारी अभियोजनका कमजोरी
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिबादीहरुको तर्फबाट बहस गरेका कानून ब्यबसायीहरुले मुद्दा दर्ता हुनुपर्ने हदम्याद नाघेर अदालतमा मुद्दा […]
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्याइएका थिए । […]
काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस
काठमाडौंमा चिसो बढेको छ । शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान […]