कोरियाले नेपालबाट मौसमी श्रमिक नलिने
- फाल्गुन ११, २०७९
- 0
दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ ।
दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।
दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो ।
नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।
0 प्रतिक्रिया
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]
इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण
इ–नेवल नेपालले अमेरिकन प्रविधिद्धारा निर्माण भएको कृतिम हात वितरण गरेको छ । जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात […]
सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको […]
एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक
अर्जुन थपलिया, सिरहा/ गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा […]