बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिइने
- फाल्गुन ९, २०७९
- 0
वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो ।
विभागका अनुसार वैदेशिक रोजगारीका लागि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका अधिकांश श्रमिक विभिन्न समस्यामा परेको गुनासो आएकाले अर्को निर्णय नहुँदासम्म यी पदका लागि पूर्वस्वीकृति नदिने निर्णय गरेको छ ।
विभागले सूचनामार्फत यूएई र कतारमा यी पदका लागि स्वीकृत भएका मागपत्रको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन बस्नु परेको, धेरै पटक ट्राफिक कारबाहीमा परेर धेरै जरिवाना तिर्नुुपरेकोजस्ता थुप्रै गुनासो आएको जनाएको छ । सडक अनुशासनको ज्ञान र अनुभवको कमीले धेरै दुर्घटना हुने गरेको बताइएको छ ।
0 प्रतिक्रिया
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]
इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण
इ–नेवल नेपालले अमेरिकन प्रविधिद्धारा निर्माण भएको कृतिम हात वितरण गरेको छ । जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात […]
सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको […]
एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक
अर्जुन थपलिया, सिरहा/ गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा […]