नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी माघ ६ गते शुक्रबार हुने निर्वाचनमा ४ प्यानल चुनावी मैदानमा उत्रिएको छ । अध्यक्षमा पदमा पार्टीगत प्यानल र स्वतन्त्र गरी चार प्यानलको उम्मेदवारी परेसँगै संघको नयाँ नेतृत्व चयन यसपटक निकै पेचिलो बन्ने पक्का भएको हो ।

संघ अध्यक्षका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्व द्वितीय उपाध्यक्ष भुवन सिं गुरूङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले उम्मेदवारी दिएका छन् ।

संघका तत्कालिन अध्यक्ष विष्णु गैरेको निधन भएपछि रिक्त रहेको संघको नेतृत्व अव हुने निर्वाचनले चुनिनेछ । जिल्ला प्रशासन कार्यालयले पूर्वअध्यक्ष विमल ढकालको संयोजकत्वमा निर्वाचन गर्न र रिक्त रहेको संघको कार्य संहाल्न जिम्मा दिएपछि यो निर्वाचन हुन लागेको हो ।

नेपाली राजनीतिमा आएको उतारचढावसँगै संघको निर्वाचनमा समेत तालमेल खल्बलिएको छ । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले कुमद खनाललाई आधिकारिक उम्मेदवार चयन गरेको भएता पनि एशोसिएनका भुवन गुरुङले असन्तुष्टी जनाउँदै अध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएपछि माहोल केहि फरक देखिएको छ ।

त्यसैगरी वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, राप्रपा निकट वैदेशिक रोजगार व्यवसायीको संस्था राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ र केही स्वतन्त्र व्यवसायी समावेश गरी इश्वर जिसीको नेतृत्वमा अर्को प्यानल मैदानमा उत्रेको छ ।

त्यसैगरी नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आफनै अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघको उम्मेदवारी घोषणा गरेको छ ।

भण्डारी प्यानलमा को को ?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

अरोरा ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक भण्डारीसँग संघ तथा मञ्च हाकेको लामो अनुभव रहेको छ । मञ्चका अन्य उम्मेदवारहरुमा ओमेगा पावर माइण्डस प्रा.लि.का सञ्चालक डिक बहादुर खत्री (कुमार) प्रथम उपाध्यक्ष, अलकरिम ह्युमन रिसोर्सेज प्रा.लि.का सञ्चालक सन्जु गुरुङ द्वितीय उपाध्यक्ष र सिम्रिक ओभरसिज प्रा.लि.का सञ्चालक रोशन कटुवाल तृतीय उपाध्यक्षको उमेदवार रहेका छन ।

त्यसैगरी महासचिवमा एशिया लिंक सर्भिसेज प्रा.लिका सञ्चालक मिलन कट्टेल, सचिवमा जेजे ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक राजेन्द्र अधिकारी, कोषाध्यक्षमा रिलायन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.की सञ्चालिका सरिता घलेलाई मञ्चले उम्मेदवार बनाएको छ ।

सदस्यहरुमा न्यू अल्फा एच आर सर्भिसेज प्रा.लि.का बैकुण्ठ प्रसाद पौडेल (वैभव), माउन्टेन ग्रुप इन्टरनेशनल प्रा.लि.का देउमान नेम्वाङ (डि.एम. सुब्बा), स्प्रिङ नेपाल ह्युमन रिसोर्स प्रा.लि.का शिबहरि मैनाली (सितल), अल हाया ओभरसिज प्रा.लि का आनन्दप्रसाद कोइराला, मशारेक इन्टरनेशनल सर्भिसेज प्रा.लि.का खेमनाथ गौतम उम्मेदवार रहेका छन् । सदस्यका अन्य उम्मेदवारहरुमा अल सोलुशन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.का मोहनप्रसाद आचार्य, ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का राजेन्द्र बस्नेत, रोयल इन्टरनेशनलका जनकलाल बास्तोला, क्यारियर इन्टरनेशनल प्रा.लि.का श्यामचन्द्र खतिवडा र सुफी इन्टरनेशनल सर्भिसेज प्रा.लि.का उमेश महतो रहेका छन् ।

जिसी प्यानलमा को को ?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अक्स्फोर्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक डा. ईश्वर जिसीको प्यानल चुनावी मैदानमा उत्रेको छ ।

सो प्यानलको प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष तथा कान्तिपुर ओभरसिज प्रा.लि. का सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रा.लिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज सपोर्ट प्रा.लि.का टक्कर बहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लि का केदारनाथ अधिकारी रहेका छन् ।

सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवी माया थापा, शिभम् इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लि. का सुरज कुशवाह रहेका छन् ।

खनालको नेतृत्वमा को को ?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले एशोसिएसनका अध्यक्ष खनालको नेतृत्वमा आधिकारिक प्यानल घोषणा गरेको छ ।

उक्त प्यानलको अध्यक्षमा फ्युजन इन्टरनेशनल प्रा.लिका संचालक खनाल, प्रथम उपाध्यक्षमा एसआरके नेपाल ओभरसिज प्रा.लिका किशोर कुमार केसी, द्वितीय उपाध्यक्षमा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लिका अखतर हुसेन, तृतीय उपाध्यक्षमा गुडलक इन्टरनेशनल प्रा.लिका सञ्जय पनेरु, महासचिवमा नीलकमल ह्युमन रिसोर्स प्रा.लिका मेघनाथ भूर्तेल, सचिवमा डायनामिक स्टाफिङ सोलुसन प्रा.लिका कर्ण कटुवाल र कोषाध्यक्षमा वीनर सोलुसन प्रा.लिका हिमा गुरुङ रहेका छन् ।

त्यसैगरी सदस्यका उम्मेदवारहरूमा शुभहारती म्यानपावर प्रा.लिका विक्रम श्रेष्ठ, उज्यालो ओभरसिज प्रा.लिका चन्द्रबहादुर लिम्बू, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लिका कैलाश पाठक, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लिका तोरण कुमार कार्की, युरो एशिया म्यानपावर प्रा.लिका नारायण भुसाल, राज ग्रुप अफ कम्पनी प्रा.लिका राजकाजी भोलान, ओमामा म्यानपावर प्रा.लिका मो. इजरायल र फ्युचर लिंक प्रा.लि.का फिरोज खान सदस्यका उम्मेदवार रहेका छन् ।

गुरुङको नेतृत्वमा को को ?

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनालको नेतृत्वमा संघमा प्रतिस्पर्धा गर्ने निर्णयमा असन्तुष्टि जनाएका गुरूङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिं गुरूङले आफ्नो नेतृत्वमा ८ सदस्यीय प्यानल खडा गरेका छन् । समाजवादी वैदेशिक रोजगार व्यवसायीसँग तालमेल गरी खडा गरिएको प्यानललाई भुवनसिं गुरूङ संयुक्त लोकतान्त्रिक प्यानल नाम दिइएको छ ।

प्यानलको द्वितीय उपाध्यक्षमा अल जाफरका मो. जावरद्दिन मियाँ, तृतीय उपाध्यक्षमा डमरू रिसोर्स प्रा.लि.का मोहनकुमार ढुंगेल, सचिवमा एड्भान्स रिक्रुटमेन्ट प्रा.लि.का प्रेम बलामी, कोषाध्यक्षमा जेन्युन प्लेसमेन्ट प्रा.लि.की सञ्चालिका राधादेवी बुढाथोकी र सदस्यहरूमा एमिटी ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक भगिरथ भण्डारी, सूपर्व फर अल्टिमेटम म्यानपावरकी सञ्चालिका चन्द्रकमल श्रेष्ठ र शुभ हारती ओभरसिज प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठ रहेका छन् ।

उक्त प्यानलले वरिष्ठ व्यवसायी दानबहादुर बुढाथोकीको संयोकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सितादेवी देवकोटाको नेतृत्वमा वार्ता समिति पनि गठन गरेकोे बताएको छ ।

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?