पशुपति क्षेत्रमा दैनिक रक्तदान सेवा प्रारम्भ
- कार्तिक ३०, २०७९
- 0

काठमाडौंको पशुपति क्षेत्रमा दैनिक रुपमा रक्तदान सेवा प्रारम्भ भएको छ ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाताका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको अथक प्रयासका बाबजुद गत आईतबारबाट काठमाडौंको गौशाला प्रहरी वित्त अघि दैनिक रक्तदान सेवाको सुरुवात भएको हो ।
पशुपति क्षेत्र विकास कोष, स्थानिय निकाय, प्रहरी प्रशासन र विभिन्न संघ सस्थाहरुको प्रयासमा मन्दिरको गेटैमा कार्यक्रम आयोजना गर्न सफल भएको बताउँदै नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाताका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेले सो स्थानमा थुप्रै स्वदेशी तथा विदेशी पर्यटकहले समेत रक्तदान गर्ने भएकाले दैनिक रक्तदान सेवा कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
अहिले नेपालमा डेंगुको संक्रमण तीव्र रुपमा बढ्दै गएको र अस्पतालहरुमा बिरामीको चाँप बढेको र रगत अभाव भएका कारण रगतअभाव नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम निरन्तर रुपमा गरेको उनले बताए ।
राज्यका निकायहरुको साथ र सहयोग भएमा ३६५ दिनै रक्तदान कार्यक्रम आयोजना गर्ने न्यौपानेले जानकारी दिए । साथै कसैले व्यक्तिगत अथवा संघ सस्थाको तर्फबाट रक्तदान गर्न चाहेमा पनि त्यही आएर कार्यक्रम गर्न सक्ने जानकारी दिए ।कार्यक्रमलाई सफल बनाउन पूर्वसभासद् तथा समाजसेवी नरोत्तम वैधको ठूलो साथ, सहयोग भएको र प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबाट सहयोग गर्ने प्रतिवद्धता भएको बताउँदै न्यौपानेले ३–३ महिनामा खेर जाने रगतलाई आएर रक्तदान गरी कसैको जीवन जोगाउन आग्रह गरे ।
कार्यक्रममा पहिलो दिन १५ पिन्ट रगत संकलन भएको जानकारी न्यौपानेले दिए ।
हाल देशैभर डेंगु लगायत विभिन्न रोगहरुको प्रकोप फैलिरहेको र अस्पतालमा बिरामीहरुको चाँप बढिरहेको अवस्थामा रगतअभाव नहोस् भनेर नेपाल स्वयम्सेवी रक्तदाता समाजले विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरी थुुपै्र रक्तदानका कार्यक्रमहरु आयोजना गरिरहेको छ । अहिले गौशाला प्रहरी वित्त अगाडी नै दैनिक रुपमा रक्तदान कार्यक्रम गरिरहेको हुनाले सबै स्वस्थ्य व्यक्तिले गएर रक्तदान गरि अन्य ३ जना मानिसको जीवन जोगाउन नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन् ।