भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
- कार्तिक १९, २०७९
- 0
भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ।
बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गरेका ह । यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।
बेलायतको रक्षा मन्त्रालयमा भएको बैठकमा राज्यमन्त्री मरिसनले बेलायत सरकारले यस विषयमा विस्तृत अध्ययन र दरबारसँग परामर्श गरेर अर्को बैठक डाक्ने प्रतिबद्धता जनाउनुभएको बेलायतस्थित नेपालको राजदूतावासले जनाएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूतपूर्व गोर्खा सैनिकका लागि बेलायतका सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका तथा मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरूलगायत समाधान गर्न बाँकी रहेका मागका विषयमा बेलायतका रक्षा राज्यमन्त्री मरिसनलाई जानकारी गराए।