शर्मिला फाउन्डेसनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम

news-details
लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर प्रेसिडेन्ट तथा जोन चेयर पर्सन लायन अनिलरत्न तुलाधरकी धर्मपत्नी शर्मिला तुलाधरको ३ वर्षको पुन्य स्मृतिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शर्मिला फाउन्डेसनको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल, लायन्स क्लब अफ काठमाडौं निर्जला र लियो क्लब अफ काठमाडौं सोसियल सर्कलको सह–आयोजनामा असन चौकमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
हरेक वर्ष श्रीमतीको बार्षिक पुन्यतीथिको अवसर पारेर रक्तदान कार्यक्रम संचालन गर्दै आईरहेका तुलाधर यस वर्ष पनि त्यसै कार्यलाई निरन्तरता दिएको बताउँछन् ।
हाल काठमाडौंमा बढ्दो डेंगु संक्रमणका कारण भएको रक्तअभावलाई परिपूर्ति गर्नका लागि दैनिक क्याम्प चलाएर बसेको र केहि दिन अघि मात्र केन्द्रिय कारागारमा पनि क्याम्प संचालन गरेको बताउँदै उनले डेढ महिनामा मात्रै २८ वटा रक्तदान कार्यक्रम सम्पन्न गर्न सफल भएकोे जानकारी दिए ।
अहिले डेंगु संक्रमणका कारण अत्याधिक रक्तअभाव भएकाले सबै १८ वर्ष पुगेका स्वस्थ्य व्यक्तिले रक्तदान गरेर अरु ३ जना मानिसको जिवनरक्षाका लागि सहयोग गर्न आग्रह गर्दै उनले आगामी दिनहरुमा पनि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर यस्तै सामाजिक कामहरु गर्र्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चेयर पर्सन लायन लक्ष्मणशरण जोशीले ब्लड सर्कलले काठमाडौं उपत्यकामा मात्रै नभएर देशैभर रक्तअभावलाई परिपूर्ति गर्दै आईरहेको बताउँदै इन्डिया र जापानमा पनि यस्ता कार्यक्रम संचालन गर्ने गरेको जानकारी दिए ।
‘रक्तदान जीवनदान’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लबले रक्तअभाव हुन नदिनका लागि अहिले यस्ता कार्यक्रमहरु थुप्रै आयोजना गरिरहेको छ । हाल काठमाडौं उपत्यकामा मात्रै नभएर देशैभर डेंगुको संक्रमण बढिरहेको र रक्तअभाव भईरहेको अवस्थामा लायन्स अन्तर्गतका क्लबहरुले गरेको कामको सबैले सम्मान गर्नैपर्छ ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *