लायन्स क्लब अफ काठमाडौं एपेक्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न
- अशोज ४, २०७९
- 0
काठमाडौं / डेगुं रोग उपचारमा भईरहेको रक्तअभावलाई न्युनिकरण गर्नका लायन्स क्लब अफ काठमाडौं एपेक्सले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान दिवसको अवसर पारेर काठमाडौंस्थित नयाँ बसपार्कमा रहेको कान्तिपुर मलको प्राङ्गणमा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
हाल देशमा डेंगुको संक्रमण अत्याधिक वृद्धि भएर अधिकांश अस्पतालहरुमा बिरामीको चाँप बढ्न गई चरम रक्तअभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दैं लायन्स क्लव अफ काठमाडौं एपेक्सले रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकको भनाई छ ।
विगत लामो समयदेखि रगतको क्षेत्रमा अतुलनीय काम गर्दै आएका लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेले रगत बजारमा किनेर नपाउने र कसैले दिएपछि मात्र पाउने भएकोले यस्ता कार्यक्रम अति नै आवश्यक रहेको बताए । साथै कसैलाई रगत आवश्यक परेको बखतमा आफूले खबर पाएमा जस्तोसुकै परिस्थितिमा पनि रगतअभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरे । अहिलेसम्म ७० औं पटक रक्तदान गरिसकेका न्यौपानेले रक्तदान गर्दा शरिरमा कुनै पनि समस्या नआउने र तीन तीन महिनामा खेर जाने रगतलाई रक्तदान गरी मानव जीवनरक्षाका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै लायन्स क्लब अफ काठमाडौं डिष्ट्रिक ३२५ आई नेपालका प्रमुख सल्लाहाकार लायन पार्वती खरेल पाण्डेले अहिले डेंगुका बिरामी बढेका कारण डिष्ट्रिकले नै रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइरहेको बताउँदै रक्तअभावलाई न्युन बनाउँने उद्देश्यका साथ लायन्स क्लबले चाँडै ब्लड बैंकको स्थापना गर्ने समेत जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं एपेक्सका सेक्रेटरी लायन टेकनाथ आचार्यले लायन्स क्लबका मुख्य ३ वटा कामहरु सर्भिस, लिडरसिप र फेलेसिप रहेको बताउँदै बिगतदेखि वर्षेनि २ पटक ब्लड डोनेशनको कार्यक्रम गर्ने गरेकोे र त्यसैअन्तर्गत रहेर संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
नेपालमा रक्तसंकलन अन्य देशको तुलनामा कम भएको र विभिन्न प्रकारका बिरामीहरुलाई रक्तअभाव अझै परिपूर्ति गर्न समस्या आइरहेको बताउँदै आचार्यले आफ्नो क्लबको उद्देश्य सेवा पु¥याउँने भएको हुँदा रक्तदान कार्यक्रम गरेको बताए ।
सामाजिक रुपमा आईपरेका मानवीय कार्यहरु गर्नका लागि आफू सँधै सहयोग गर्न तत्पर रहेको बताउँदै कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले आगामी दिनहरुमा पनि आफ्नो सामथ्र्यले भ्याएको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको रक्तदाता समुहका चार्टर प्रेसिडेन्ट न्यौपानेले जानकारी दिए ।
नेपालमा रहेको रक्तअभावलाई न्युन गर्नका लागि लायन्स क्लबहरुको एकदमै ठूलो भूमिका रहेको छ । रक्तदान मात्र नभएर अन्य विविध सामाजिक कार्यहरु पनि गर्दै आईरहेको लायन्स क्लब विशुद्ध सामाजिक संस्था भएकोले आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिदै जाने समेत प्रतिबद्धता जनाएको छ ।