नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
- भदौ २०, २०७९
- 0
काठमाडौं / “सुलभ, गुणस्तरिय र मर्यादित सेवा नेपालको रक्तसंचार सेवा” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपाल रेडक्रस सोसाईटीको ६० औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाईटी, युवा रेडक्रस सर्कल र नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको संयुक्त आयोजनामा गत आईतबार नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सीमारक्षाका लागि खटिएका राष्ट्रसेवकहरुले रगततत्व दान गरी मानवीय कार्यमा सहयोग गरेका थिए भने विद्यार्थी, महिला तथा युवाहरुले पनि रक्तदान गरेर सहयोग गरेका थिए ।त्यस्तै दिनरात नभनी काठमाडौंमा वृहत् रुपमा फैलिरहेको डेंगुको संक्रमणबाट कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ दैनिक १० पिन्ट रगत व्यवस्थापन गरिरहेका समाजसेवी नारायण कुमार श्रेष्ठले रक्तदानको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको नेपाल स्वयंसेवी रक्तदाता समाज न्युरोड समितीका अध्यक्ष केदार प्रसाद न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा ३१ जना महिला र ७६ जना पुरुष गरी जम्मा १०७ जनाले रक्तदान गरेको आयोजक समितिले जानकारी दिए ।