भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू जापान जान पाउने

news-details

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू जापान जान पाउने भएका छन् । एस. एस. डब्ल्यू. प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। यस अघि सन् २०१९ मार्चमा एस. एस. डब्ल्यू. प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सोही समझदारी अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो। नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफलका लागि एक कार्यसमिति तय भएको थियो।

मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानून मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल सदस्य रहेका छन्।

त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *